चेन्नई । सनराइजर्स हैदराबाद माथि कोलकाता नाइट राइडर्सले शानदार जित हासिल गर्दै तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि उचालेको छ । आइतबार चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको फाईनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै उपाधि चुमेको हो।
कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो । हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमा भेटाउन सक्यो। यो जितसँगै कोलकोत्ताले तेस्रोपटक आइपिएलको उपाधि उचाल्न सफल भएकाे छ।
सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो।विजयी टिमका लागि वेंकटेश अयरले अर्धशतक पूरा गरे। उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ३९ र वेंकटेश अयरले ५२ रन बनाए। उनीहरूले दोस्रो विके लागि निर्णायक ९१ रनको साझेदारी पनि गरे। अयरले २६ बलको इनिङ्समा चार चौका र तीन छक्का प्रहार गरे र नटआउट पनि रहे।
हैदराबादका लागि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभर माक्रै टिक्यो र यसत्रममा अलआउट हुँदै १ सय १३ रन मात्रै बनाउन सक्यो।
त्यसमा नवौं क्रममा आएका कप्तान प्याट कमिन्सले बनाएको २४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। त्यसलाई छाडेर कसैले पनि गतिलो योगदान दिन सकेनन्।
कोलकाताका लागि मिचेल स्टार्कले घातक बलिङ गरे। उनले पावर प्लेमा दुई विकेट लिँदै हैदराबादलाई सुरुवातमा नै झट्का दिए। ३ ओभरमा उनले मात्र १४ रन खर्चिए।
त्यस्तै, आन्द्रे रसलले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट हात पारे। वैभव अरोरा, सुनिल नरेन र वरुण चक्रवर्तीले १–१ विकेट लिए।
प्रतिक्रिया