ताजा अपडेट »
ट्रेलर रिलिज

चलचित्र लण्डन टु पेरिसको ट्रेलर सार्वजनिक

सोमबार, १४ जेठ २०८१, ०० : ३०
162 Shares
सोमबार, १४ जेठ २०८१
162 Shares

काठमाडौं । चलचित्र लण्डन टु पेरिसको ट्रेलर सार्वजनिक गरीएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको ३ मिनेट लामो सो ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको सार्वजनिक ट्रेलरले यसै चलचित्रबाट डेव्यु गरेका अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा बिचको त्रिकोणात्मक प्रेमलाई देखाएको छ ।

चलचित्रमा निश्चलको साथीको भुमिकामा देखिएका कविर खड्कालाई पनि ट्रेलरको अन्तिममा डेव्यु अभिनेत्री गरिमा शर्माको प्रेममा परेको देख्न सकिन्छ । ट्रेलरको यो दृश्यले दर्शकहरुलाई चलचित्राप्रति कौतुहलता जगाउन सफल हुने देखिन्छ । चलचित्रले ट्राभल लभस्टोरीको कथा देखाएको छ ।

चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका छन । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्मासंगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल खड्का र गरिमा शर्माले यसै चलचित्रबाट सिनेमामा डेब्यू गरेका हुन ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको संयूक्त निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको यस चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन । 

सनिश खकुरेल र अजित केआर थापा यसका सह–निर्माता हुन भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन ।  सलिन मगरको संगीत तथा सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको चलचित्रलाई लंगनेस फर्नान्डेजले कोरियोग्राफी गरेका छन ।

साहिल खानले ट्रेलर तथा विजय वस्यालले पोस्टर डिजाइन गरेका हुन । चलचित्रका मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन । चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका हुन ।

चलचित्र जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।