ताजा अपडेट »

गुल्मीमा पार्किङमा राखेको जेसिभी आफैँ २ सय मिटर तल खस्यो

आइतबार, १३ जेठ २०८१, १५ : २५
1.04K Shares
आइतबार, १३ जेठ २०८१
1.04K Shares

बुटवल । गुल्मीमा  पार्किङमा राखेको जेसिभी २ सय मिटर तल खसेको छ ।  गुल्मीको सदरमुकाम तम्घास नजिकै ह्वाक्ने छहराको सडकमा पार्किङमा राखेको जेसिभी आइतबार विहान पौने ९ बजे आकास्मिक रुपमा आफै गुडेरसंगै रहेको बाईक सहित झण्डै दुई सय मिटर तल खसेको हो । 

 जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार  रेसुङ्घा नगरपालिका १२ को सोही स्थानमा पार्किङ गरेको  लु १ क २६७८ नम्वरको जेसिभी डोजर र सोही अवस्थामा रहेको लु ३८ प ३९४५ नम्वरको मोटरसाईकल खसेको प्रहरीले जनाएको छ । एक्कासी डोजर आँफै गुडेर मोटरसाईकललाई ठक्कर दिँदै सडकदेखि करिब २०० मिटर तल खसेको हो ।  

उक्त डोजर र बाईक दुई सोही पालिका ९ उपल्लो तम्घासका खडानन्द पाण्डेको भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । घटनामा मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।