ताजा अपडेट »

नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

आइतबार, १३ जेठ २०८१, १३ : ४०
60 Shares
आइतबार, १३ जेठ २०८१
60 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अब जेठ १५ गते मंगलबार सरकारले संसदमा बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।