ताजा अपडेट »

जसपा महाधिवेशनका लागि रुपन्देहीबाट रोहिणी गाउपालिका अध्यक्ष यादवसहितका प्रतिनिधि छनोट

शनिबार, १२ जेठ २०८१, २३ : ०८
84 Shares
शनिबार, १२ जेठ २०८१
84 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद प्रसाद यादव जसपाको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । पार्टीको संघीय परिषद् सदस्य समेत रहेका अध्यक्ष यादव निर्वाचन क्षेत्र नम्बर १ बाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन् ।

उनले आफू सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई धन्यवाद ज्ञापन गरे ।सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै कुमारी मधु सिंह र गौतम यादव महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट सावित्रा वि.क., विरेन्द्र कुमार यादव, इफ्तखार अहमद, ३ बाट महेन्द्र यादव, राहुल यादव, सियाराम यादव, सीमा कुमार वि.के. कौशल, गोविन्द यादव, जावेद आलम, नीतू शर्मा र अहमद हुसेन महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

त्यसै गरी क्षेत्र नम्बर ४ बाट राम अवतार यादव, राजु हरिजन र रीता यादव तथा क्षेत्र नम्बर ५ बाट बछु केवट, इनामुल्लाह फकिर र विष्णु चौधरी छनौट भएको निर्वाचन अधिकृत कलामुद्दीन खानले बताए । निर्वाचन क्षेत्र र संगठित सदस्य संख्याको आधारमा प्रतिनिधि छनौट गर्ने निर्णय गरिएको जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।

लुम्बिनी प्रदेश निर्वाचन संयोजक सुधाकर मिश्राको प्रमुख आतिथ्यतामा शुक्रबार भैरहवामा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको थियो । जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८ देखि ३० गतेसम्म जनकपुरधाममा हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।