ताजा अपडेट »

रुपन्देहीको मायादेवी गाउँपालिकामा हाइमस्ट लाइट

शनिबार, १२ जेठ २०८१, २२ : ५७
818 Shares
शनिबार, १२ जेठ २०८१
818 Shares

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ को मुख्य चोक (बनगाई चोक)मा हाईमास्ट लाईट जडान कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हाईमास्ट लाईटको जग निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पाण्डेयले हाईमास्ट लाईट जडान भएपछि अब नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यो लाईट जडान भएपछि अब यस क्षेत्र उज्यालो हुनुका साथै सवारी दुर्घटना समेत न्यूनीकरण हुन्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले आफू मन्त्री हुँदा विभिन्न योजना ल्याएको बताए । उनले लाईट जडान भएपछि शान्ति सुरक्षामा पनि सहयोग पुग्ने बताए । शिलान्यास कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेय, कार्यपालिका सदस्य सोहन प्रसाद रजक, वडा सदस्य अनिल कुमार बरई, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

उर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत उर्जा महाशाखाका जे.वि. थापाका अनुसार मायादेवी-७ मा जडान हुने हाईमास्ट लाईटको उचाई १६ मिटर रहेको छ । थापाले भने, ‘यसमा ८ वटा लाईट रहनेछ । एउटा लाईटको क्षमता ३ सय वाट रहेको छ । जसअनुसार ८ वटाको क्षमता २ हजार ४ सय वाट रहेको छ । लाईटको माथि नेपाली झण्डा समेत राखिनेछ ।’ उनले जडान गर्न लागिएकाृ लाईट नेपालमै बनेको र २ वर्ष वारेन्टी समेत रहेको जानकारी दिए । हाईमास्ट जडान गर्न सुरु गरिएको चोक बेथरी पुल नजिकै र मर्चवार क्षेत्र जाने मुख्य सडकमा पर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।