गर्मी मौसममा यस्ता धेरै खानेकुराहरु पाईन्छन जसले तपाईलाई गर्मी सम्बन्धी समस्याबाट बचाउने मात्रै होइन शरीरलाई अचम्मको शक्ति र उर्जा पनि दिने गर्दछ । तपाईले मौसमी फलफूल त धेरै खाइरहनुभएको होला तर के तपाईंले कहिल्यै सात्तु सेवन गर्ने प्रयास गर्नुभएको छ ? हो, गर्मी मोषममा सात्तुको सेवन शरीरका लागि वरदानभन्दा कम छैन । कालो चनाको पिठो बाटनै सातु तयार गरीन्छ ।
कालो चना भुटेपछि त्यसलाई पिसेर सातुको रूपमा खाने गरिन्छ। सात्तुमा धेरैप्रकारका पोषक तत्वहरू पाईन्छन। यसलाई गरिबको प्रोटिन पनि भन्ने गरिेन्छ। यसमा फाइबर, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, आइरन प्रचुर मात्रामा पाइन्छ, जुन गर्मीमा पाचन क्रियालाई दुरुस्त राख्नका लागि अति उत्तम हुन्छ । यसको नियमित सेवनले कब्जियतबाट पनि सुरक्षित राख्दछ ।
नेपालका बिरगंज, जनकपुर,भैरहवा तथा नेपागञ्ज जस्ता तराईका सहरहरुमा गर्मी समयमा सातुको शर्बत निकै खाने गरीन्छ। खास गरी भारतका बिहार तथा उत्तर प्रदेशका मानिसहरु सातुको शर्वत धेरै सेवन गर्दछन ।विशेष गरी, सातुको गुलियो र नुनीलो शर्बत धेरै पिउने गरीन्छ। सातुले गर्मीबाट बचाउँनुका साथै शरीरमा शीतलता ल्याउदँछ । यदि तपाई पनि गर्मी भगाउन सात्तुको नुनीलो वा गुलियो शर्बत सेवन गर्न चाहनुहुन्छ भने यो विधिबाट घरमै तयार गर्न सक्नुहुनेछ ।
सात्तुको नुनिलो शर्बत बनाउन को लागि सामग्री :
कालो चनाको सातु– आधा कप |
पानी– एक कप |
बिरे नुन– १÷४ च्म्चा |
सादा नुन– आवस्यक्ता अनुसार |
जिराको धुलो – अधा चम्चा |
कागतीको रस – आधा पिस |
मसीनो काटेको हरीयो धनीया तथा पुदिना पत्ता– अधा चम्चा |
काजू, बादाम – गार्निशको लागि |
सातुको नुनिलो शर्बत बनाउने विधि :
आधा कप कालो चनाको सात्तु लिनुहोस। यसलाई कचौरा वा जगमा राख्नुहोस। यसमा एक गिलास पानी मिसाउनुहोस। यसलाई राम्ररी डल्लो नबस्ने गरी घोल्नुहोस । अब अर्को आधा कप पानी थप्नुहोस। यसमा एक चम्चा तावामा भुटेको जीराको धुलो मिसाउनुहोस। आधा चम्चा कालो मरीचको धुलो, एक चौथाई चम्चा बिरे नुन, स्वाद अनुसार सादा नुन, आधा चम्चा रातो खुर्सानीको धुलो, मसिनो गरी काटेको प्याज, हरियो धनिया वा पुदिना पत्ता र कागतीको रस मिसाएर राम्ररी फिट्नुहोस।
अब यसलाई गिलासमा हाल्नुहोस र आवस्यक्ता अनुसार यसमा केही आइस क्यूबहरू राखेर चिसो सात्तु शर्बत सेवन गर्नुहोस । यसलाई गाढा वा पातलो बनाएर ईच्क्षा अनुसार पिउन सक्नुहुन्छ ।
गुलियोशर्बत बनाउन को लागि सामग्री :
आधा कप कालो चनाको सातु |
पानी– एक कप |
बिरे नुन– १÷४ चम्चा |
चिनी – २ चम्चा |
जिराको धुलो – अधा चम्चा |
जुवानोको धुलो – अधा चम्चा |
कागतीको रस – आधा पिस |
मसीनो काटेको हरीयो धनीया पत्ता– अधा चम्चा |
काजू, बादाम – गार्निशको लागि |
सातुको गुलियो शर्बत बनाउने विधि :
आधा कप कालो चनाको सातु लिनुहोस। यसलाई कचौरा वा जगमा राख्नुहोस। यसमा एक गिलास पानी मिसाउनुहोस। यसलाई राम्ररी डल्लो नबस्ने गरी घोल्नुहोस । अब अर्को आधा कप पानी थप्नुहोस। यसमा एक चम्चा तावामा भुटेको जीराको धुलो मिसाउनुहोस।
आधा चम्चा कालो मरीचको धुलो, एक चौथाई चम्चा बिरे नुन, २ चम्चा चिनी पाउडर, १ वटा मसिनो गरीकाटेको खुर्सानी, मसिनो गरी काटेको प्याज, हरियो धनिया वा पुदिना पत्ता र कागतीको रस मिसाएर राम्ररी फिट्नुहोस।
अब यसलाई गिलासमा हाल्नुहोस र आवस्यक्ता अनुसार यसमा केही आइस क्यूबहरू राखेर चिसो सात्तु शर्बत सेवन गर्नुहोस । यसलाई गाढा वा पातलो बनाएर ईच्क्षा अनुसार पिउन सक्नुहुन्छ। दुई–तीन पिस काटिएका काजू र बादाम थपेर गार्निस गर्नुहोस ।
यी दुबै स्वस्थ र पौष्टिक पेय पदार्थ हुन। गर्मीमा घरबाट बाहिर निस्कनुअघि यो एक गिलास सातु पिउनुहोस् र त्यसपछि हेर्नुहोस तपाइले कस्तो चिसो र ऊर्जावान महसुस गर्नुहुन्छ।
प्रतिक्रिया