गुल्मी । सरकारी सम्पत्ति संरक्षणमा सरकारी मान्छेहरुको चरम बेवास्ताको एउटा अर्को उदाहरण हो गुल्मीको सदरमुकाम तम्घासस्थित एउटा ऐतिहासिक भवन । जिल्ला प्रशासन कार्यालयको नाम रहेको र ६२ वर्ष पुरानो ईतिहास बोकेको उक्त भवन संरक्षणको अभावमा भग्नावशेष उन्मुख बनेको छ ।
२०१८ सालमा अतिथी गृहका लागि निर्माण भएको उक्त भवनलाई पछिल्लो चरण भुत बंगला उपनाम दिएर उपेक्षा गरिएको छ । जुन २०४० को दशकसम्म अतिथी गृहकै रुपमा प्रयोगमा थियो । त्यस यता झण्डै ४० वर्षसम्म प्रयोगविहिन हुँदा पनि यहाँ आउने कुनै सिडियोले पनि त्यसलाई संरक्षण गरौं भन्ने तर्फ नसोच्दा त्यो भवन यो अबस्थामा पुगेको हो ।
जसलाई संरक्षण गर्न पर्छ भन्ने बिषयमा यहाँका राजनैतिक दलले समेत जोड दिन नसक्दा संरक्षण पाउन नसक्नुको अर्को कारण पनि हो । तम्घासका ८३ वर्षीय समाज सेवी ताराप्रसाद पाण्डेका अनुसार २००९ सालदेखि गुल्मीमा छोटी गौडाका रुपमा प्रशासनिक यात्रा सुरु भएको थियो । पहिलो बडाहाकिम भार्सेका गिरिप्रसाद बुढाथोकी थिए । त्यस पछि क्रमशः तराईका कुञ्जविहारी सिंह, काठमाण्डौं कालधाराका डोरबिक्रम शाह, स्याङ्गजाका गुप्तबहादुर गुरुङ्ग ,२०१६ सालमा जुम्लाका नन्दबहादुर शाह बडाहाकीम हुँदा राजा महन्द्र तम्घास आएका थिए । त्यति बेला उनले स्वागत गरे राजा, प्रधानमन्त्री विपी कोईराला र मन्त्री काशीनाथ गौतम लगायतदाई । विपी र काँशीनाथ उपल्लो तम्घासका कान्छा पण्डितको घरमा बास बस्न गए। राजा महेन्द्रलाई भने हाल अदालत रहेको बारीमा पाल टाँगेर राखियो । त्यस बाट सिकेर २०१७ साल फागनु १ गते नयाँ बडाहाकीकमको जिम्मेवारी सम्हाल्न आएका चन्द्रमान थकालीले त्यसै बर्ष उक्त अतिथी गृह बनाउन सुरु गरेर २०१८ सालमा सम्पन्न गराएका थिए ।
उनी पछिका बडाहाकिम पर्वतका जयप्रसाद शर्मा थिए। उनी नै अन्तिम बडाहाकीम थिए । २०१९ सालमा अर्घाखाँची र गुुल्मी अलग जिल्ला बने पछि गुल्मी लुम्बिनी अञ्चाधिश कार्यालय शाखा नम्वर २ बन्यो । त्यसको पहिलोा सहायक अञ्चाधिशका रुपमा उनै डोरविक्रमका भदै लभविक्रम शाहा आएका थिए । त्यस यता एक दुई महिना अरु पनि आए । २०२७ सालमा आएर जिल्लामा प्रमुख जिल्ला अधिकारीको दरबन्दी सुरु भएको थियो । त्यसै वर्ष पहिलो सिडियो जुम्लाका रुपबहादुर स्वाँर थिए । २०२७ देखि २०२८ असार २ गतेसम्म उनी बसेर क्रमशः रामजीप्रसाद गुप्ता ,चक्रबन्धु अर्याल, दामोदर प्रसाद रेग्मी, लोकेन्द्रराज शर्मा लगायतका सिडियो आएका थिए ।
त्यति बेला रिघा सिसाखानिका भक्तबहादुर पुनले ठेक्का लिएर बनाएका थिए । स्टुमेटमा भन्दा अझ शानदार भवन बनाए उनले तर स्टुमेट अनुसारकै रकम भुक्तानी दिदा उनले घाटा ब्यहोर्नु परेको पाण्डेले स्मरण गर्छन । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति तथा साविक तम्घास गाविसका पुर्व अध्यक्ष भुवनप्रसाद श्रेष्ठका अनुसार २०४० को दशकसम्म उक्त भवन अतिथी गृहकै रुपमा सञ्चालनमा थियो । त्यस यता संरक्षणको अभावमा त्यस भवनको यस्तो हविगत हुन गएको हो ।
भवन भित्र २०२० को दशक सम्मको झल्को दिने काष्ठ कला भेटिन्छन । झक्कड सालका दलिनहरु जस्ताको त्यस्तै छन । छाउँने ढुङ्गा राखेर भवनको तला पुरिएको छ। रुमसंगै अट्याच बाथरुम त्यति बेलका अबस्थामा पनि यस्तो रैछ भन्ने बुझन सकिन्छ । बडाहाकीम, सहायक अञ्चालाधिस र मन्त्रीहरु समेत बस्ने त्यस अतिथी गृहको फराकीलो कौशी अहिले पनि सभाहल बन्न सक्ने छ ।
सिलाउटो यदि सजिव भई दिएको भए
एउटा दृश्यले भावुक बनायो । २०१८ सालदेखिका शासकहरुबाट पिल्सीदैँ पिल्सीदै आएको एउटा सिलाउटो डर्लङ्ग भुँईमा पल्टेको छ। कसैको वास्ता छैन्। काम छँदाको भाँडा नचाँहिदाको ठाँडो उखानको एउटा पात्र हो त्यो सिलौटो पनि । नर्जिव वस्तु भई दिएर बोल्न सकेको छैन्। सजिव भई दिएको भए बिद्रोह गर्दै भन्थ्यो् होला के साँच्चीनै म नचाँहीदाको ठाडो भएकै हुँ त रु त्यस्तै त्यस्तै अन्य झयाल ढोका, त्यति बेलाका सरकारी फर्निचर लगायतका वस्तु ईतिहासका रुपमा संरक्षिँत हुनु पर्ने हो तर दुभाग्य त्यस भवनको सिंगो संरचनाले नै संरक्षण पाउन सकेको छैन भने त्यस भित्रका संरचनाको कसलाई के वास्ता।
त्यहाँ जख्खा खेर, कार्यालय उपल्लो तम्घासनेर पिच सडक छेउँको उक्त भवन संरक्षण गर्दै अतिथी गृहकै रुपमा प्रयोगमा ल्याउन सकेको भए पनि हुन्थ्यो वा तम्घास खाल्डामा जग्गा नपाईएर सेवाग्राहीलाई सास्ती दिने गरी उपल्लो तम्घासमा पालपोत र नापी कार्यालय राख्नुको साटो त्यसै भवनलाई संरक्षण गर्दै वा भत्काएर नयाँ भवन बनाई ती कार्यालयहरु बनाउन सकेको भए एकातिर राज्यको सम्पत्तीको सदुपयोग हुने अर्को तिर सेवाग्राहीले नजिकबाट सेवा पाउने थिए ।
झक्कड फलामे गेट खिया लागेर बेहाल छ । भवन अगाडीको अर्को एउटा भवन बनाउन सकिने जमिन बाँझीएको छ । नयाँ बनेको सिडियो क्वाटरसहित त्यहाँ सात रोपनी सरकारी जमिन रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा बताउँछन। २०२७ साल यता ५४ बर्षको अन्तरालमा शर्मा सहित ४३ वटा प्रमुख जिल्ला अधिकारी आए छन । २०४० साल सम्मकाले त प्रयोग नै गरे । त्यस यता ४० वर्षसम्म साँच्ची नै भुत बंगला बन्दै आएर जिर्ण हुँदा पनि कसैले सोचेनन ।
यसर्थ, अहिलेका प्रजिअ शर्माका पालामा आएर हामीले या ता संरक्षण होस या त भत्काएर नयाँ संरचना बनाईयोस भनेर बहसको बिषय बनाउन खोजेका हौं । यस बारे प्रमुख जिल्ला अधिकारी शर्माको ध्यानकृष्ट गराउँदा उनले भने पिच सडकको उपयुक्त थलोमा त्यो भवनको जग्गा छ । जहाँ विपद ब्यवस्थापनका सामग्री राख्ने स्टाृेर सहितको भवन बनाउनु पर्छ कि भन्ने सोच छ । स्टोरसंगै नयाँ भवन बनाईयो भने विपद् परेका मानिस राख्ने देखि अतिथी गृह पनि बन्न सक्छ । तर हामीलाई राकम अभाव हुन्छ । त्यसलाई भत्काएर अर्को भवन बनाउनका लागि कि त संघ , प्रदेश सरकारबाट बजेट आउनु प¥यो याता रेसुङ्घा नगरपालिकाले बजेट छुट्टाएर भवन बनाउनु प¥यो । यसबारे छलफल अगाडी बढाईने छ ।
अन्य सरकारी सम्पत्ती पनि बर्षऔं देखि प्रयोग विहिन छन् । जुन क्रमशः बाहिर ल्याउने छौं । अहिलेलाई त्यस भवनको संरक्षणकी वा भत्काएर नयाँ संरचना निर्माण गर्ने बारे सरोकारवाला सबैको ध्यानआकृष्ट गराउँदछौ ।
प्रतिक्रिया