ताजा अपडेट »

कपिलवस्तुको भारतीय सीमानाका २ दिनको लागि बन्द

विहीबार, १० जेठ २०८१, ११ : १५
144 Shares
विहीबार, १० जेठ २०८१
144 Shares

कपिलवस्तु । भारतसँग सिमाना जोडिएका कपिलवस्तुका नाका बन्द भएका छन् । उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।कृष्णनगर र सुठौली भन्सार सहितका कपिलवस्तु जिल्लाका सीमानाका आज बिहान ६ बजे देखि बन्द भएका कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । जेठ १२ गते बेलुका ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिएका छन् ।

‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने प्रचलन अनुसार नै नाका बन्द भएको हो‘, घिमिरेले भने । कपिलवस्तुको ९३ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। यसैबीच, भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर कपिलवस्तुका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ ।

नेपाल(भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको  बतएको छ। कपिलवस्तुका कृष्णनगर, मर्यादपुर, चाकडचौडा, महाराजगञ्ज लगायतका नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँच कडा बनाइएको छ । लोकसभा चुनाव २०२४ सात चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरण १९ अप्रिल र अन्तिम चरण १ जुन २०२४ मा सम्पन्न हुनेछ । लोकसभा चुनाव २०२४ को नतिजा ४ जुन २०२४ मा आउनेछ ।भारतको उत्तर प्रदेशमा मे २५ अर्थात् जेठ १२ गते निर्वाचन हुँदैछ । मे २५ मा हुने छैठौं चरणको लोकसभा चुनावबाट ५७ सिट प्राप्त हुने बताएको छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।