ताजा अपडेट »
प्यालेष्टाईनलाई मान्यता

तीन देशले प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने घोषणा संगै इजरायल आक्रोषित

विहीबार, १० जेठ २०८१, १० : ३०
66 Shares
विहीबार, १० जेठ २०८१
66 Shares

आयरल्यान्ड, स्पेन र नर्वेले आउँदो हप्तादेखि प्यालेस्टाइनलाई औपचारिक रूपमा अलग्गै राज्यको मान्यता दिने घोषणा गरेपछि इजरायल ‘आक्रोषित’ भएको छ।  उक्त घोषणालगत्तै इजरायलले उल्लिखित तीन देशबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। 

इजरायली विदेशमन्त्री इजरायल काट्जले यो कदमले आफ्नो देशको सुरक्षामा खतरा हुने भएकाले यी तीन देशका राजदूतलाई फिर्ता बोलाएको बताएका छन्। इजरायल काट्जले यो ‘हमासका हत्यारा र बलात्कारीहरूलाई स्वर्ण पदक दिनुजस्तै’ भएको टिप्पणी गरेका छन्। 

उनले अल-अक्सा परिसरमा पत्रकारहरूसँग भने, ‘प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने कुरा गर्ने देशहरूले नुख्बा फोर्स (हमासको कुलीन सेना), हत्यारा र यातना दिनेहरूलाई पुरस्कृत गरिरहेका छन्।

म उनीहरूलाई भन्छु– हामी प्यालेस्टाइन राज्यको मान्यता दिने घोषणालाई अनुमति दिँदैनौँ।’ इजरायल सरकारका प्रवक्ता एभी हेम्यानले यो निर्णयले कसैको पनि भलो नहुने चेतावनी दिएका छन्।  उनले भने, ‘इजरायल एक प्रजातान्त्रिक देश हो।

यदि इजरायलका जनताले यो निर्णय लिन्छन्, छलफल हुन्छ र निष्कर्षमा पुगिन्छ, यो यस्तो बहसको विषय जुन हुन जरुरी छ।’ उनले थपे, ‘सय वर्षदेखि प्यालेस्टिनीहरूले प्यालेस्टिनी राज्यको विचारलाई बारम्बार अस्वीकार गरिरहेका छन्।

यदि आयरल्यान्ड, स्पेन र नर्वेले यस्तो घोषणा गर्न चाहन्छन् भने तपाईंलाई थाहा छ- उनीहरू इतिहासको गलत पक्षमा उभिएका छन्...उनीहरूलाई त्यस्तो गर्न दिनुहोस्।’

इजरायली प्रधानमन्त्री नेतान्याहुका प्रवक्ता ताल हेनरिकले ती तीन देश (नर्वे, स्पेन र आयरल्यान्ड) ले विश्व, हमास र उनका समर्थकहरूलाई अक्टोबर ७ मा भएको नरसंहारका लागि पुरस्कार दिएको सन्देश दिएको टिप्पणी गरेका छन्। बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।