ताजा अपडेट »

भन्सार छलिको १० लाख बढीको सामान बरामद

मंगलबार, ०८ जेठ २०८१, १५ : ०४
114 Shares
मंगलबार, ०८ जेठ २०८१
114 Shares

वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले वीरगंजबाट भन्सार छलीका सामग्री बरामद गरेको छ । वडा प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरीको गस्ति टोलीले १० लाख ५० हजार मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेका वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए । 

प्रहरी निरीक्षक बोगटीकाअनुसार भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा कपडा, प्याज, मोवाइलको कभर, मोवाइलको टेम्पर ग्लास, सिपियु लगायतका सामग्री बरामद गरिएको हो । 
बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक बोगटीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।