बुटवल । प्राईम कमर्शियल बैंकका ग्राहक तथा कर्मचारीले रुपन्देहीको सैनामैनाका होटलमा खान तथा बस्नका लागि विशेष छुट प्राप्त गर्ने भएका छन्।
सोमबार जेठ ७ गते सैनामैना ६ लखनचोक स्थित बुद्धबाटिका रेष्टुरेन्ट एण्ड लज साथै सैनामैना ७ स्थित होटल द दाह्रि र प्राइम बैंक रामापुर शाखा बिचमा छुट सम्झौता भएको हो । स
म्झौता अनुसार बुद्धबाटिकामा खानामा १० तथा बस्नका लागि १५ प्रतिशत छुट हुनेछ भने होटल द दाह्रिमा खानामा ५ तथा बस्नका लागि १० प्रतिशत छुट हुनका साथै छुट प्राप्त गर्नका लागि प्राइम कमर्सियल बैंकको मोबाईल बैङ्किङ , डेबिड कार्ड तथा क्रेडिट कार्ड को प्रयोग गरि बिल भुक्तानी गर्नुपर्ने प्राइम कमर्शियल बैंक रामापुर शाखाका शाखा प्रवन्धक भेषराज ढकालले बताए ।
देशभरिमा २०० बढि शाखा रहेको प्राइम कमर्शियलको रुपन्देहीमा ७ वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टर रहेका छन्।
प्रतिक्रिया