ताजा अपडेट »

कार्यादेश टुङ्गो लगाउन सहकारी छानबिन गर्ने संसदीय छानविन समितिको बैठक बस्दै

मंगलबार, ०८ जेठ २०८१, ०७ : ३०
132 Shares
मंगलबार, ०८ जेठ २०८१
132 Shares

काठमाडौं । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो ।

सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको मंगलबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो ।कार्यदल बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा नपुगिएको बताएका  थिए। कांग्रेसले केही समय मागेकाले अन्तिम निष्कर्षमा पुग्न सकेको थिएन ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी जोडिएको भनिएका सहकारीको नाम राख्ने गरी सहमति भए पनि कांग्रेस नेताहरू आन्तरिक छलफलका लागि बाहिरिएपछि अन्तिम सहमति बाँकी रहेको थियो । कार्यदलमा भएको सहमतिको ड्राफ्ट पार्टीमा बुझाउने र निर्देशन आएपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको बुझिएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।