ताजा अपडेट »

बालेनको आक्रोश : फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

सोमबार, ०७ जेठ २०८१, १८ : १६
232 Shares
सोमबार, ०७ जेठ २०८१
232 Shares

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् । बालेनले चालकहरु रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने बताएका हुन् ।

उनले भनेका छन् : भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन  सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।