ताजा अपडेट »

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो : रमेश लेखक

सोमबार, ०७ जेठ २०८१, १५ : १०
26 Shares
सोमबार, ०७ जेठ २०८१
26 Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत रहेको टिप्पणी गरेका छन् ।

नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निश्कर्ष निकालेको लेखकले बताएका छन् । उनले भने,‘हाम्रो संसदीय दलको बैठकले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।’

यस्तै, बैठकले सभामुख देवराज घिमिरेको भूमकापनि संसदीय मूल्य र मान्यताविपरित भएको निष्कर्ष निकालेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।