ताजा अपडेट »

प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ

सोमबार, ०७ जेठ २०८१, १२ : ४३
82 Shares
सोमबार, ०७ जेठ २०८१
82 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली विश्वासको मत लिदा संसद अवरोध गरेको घटना कांग्रेसलाई मुल्य चर्को पर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यो मुल्य चर्को पर्ने चेतावनी दिएका हुन् ।

उनले भने- तपाईहरुले बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक तपाईहरुलाई साथ दियो, त्यो प्रधानमन्त्रीलाई संबिधान अनुसार विश्वासको मत दिन नदिएर तपाईहरुले नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । आजको तपाइँहरुको यो गतिबिधि राम्रो सँग कलंकको रुपमा स्थापित हुने छ ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।