ताजा अपडेट »

आइपिएलको प्लेअफको समीकरण पुरा

सोमबार, ०७ जेठ २०८१, १० : ३४
54 Shares
सोमबार, ०७ जेठ २०८१
54 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको हो ।  शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल बर्षाले रद्ध भएको थियो  । आइपिएलको यस सिजनमा कोलकोता २० अंकसहित शिर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ  । अब पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने छ । यो खेल अहमदावादमा आगामी मंगलबार हुने छ ।

त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ र १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ । अब इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन्  । इलिमिनेट खेल मे २२ बुधबार अहमदावादमै हुने छ  । पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ  । दोस्रो क्वालिफायर खेल मे २४ शुक्रबार चेन्नईमा हुने छ  ।

त्यस्तै यस सिजनको फाइनल खेल मे २६ (आइतबार) मा चेन्नईमा हुने छ  ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।