ताजा अपडेट »

बहुगुणकारी मेवा र यसको फाईदाबारे जानी राखौं

शनिबार, ०५ जेठ २०८१, २० : ४४
254 Shares
शनिबार, ०५ जेठ २०८१
254 Shares

काठमाण्डौं। मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रूपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। छालाका लागि मेवा निकै लाभदायी मानिन्छ।

गर्मी मौसममा पानीयुक्त खानेकुराको सेवन गर्नु राम्रो मानिन्छ । हरेक मौसममा फलफूललाई ​​स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरू खरबुजा, लिची, मेवा, सुन्तलालगायत सबै फलफूल खान रुचाउँछन्। तर यो मौसममा मेवा खानुलाई धेरैले हानिकारक मान्छन् । मेवा तातो प्रकृतिको हुने भएकाले गर्मीमा यसको सेवनले समस्या निम्त्याउने उनीहरूको जिकिर छ । 

पोषणविद् भने गर्मीमा मेवा खानु निकै फाइदाजनक रहेको बताउँछन् । यो फलमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा प्यापेन नामक इन्जाइम हुन्छ । हरेक मौसममा मेवा खाँदा स्वास्थ्य लाभ हुन्छ । मेवालाई तातो मान्न नसकिने र गर्मीमा यसलाई खाँदा कुनै हानि नहुने उनीहरूको भनाई छ।

मेवा हाम्रो पेट सफा गर्न मद्दत गर्छ र शरीरमा जम्मा भएको बोसो घटाउँछ। यो फल कलेजो सफा गर्न निकै लाभदायक मानिन्छ । कब्जियतबाट पीडित व्यक्तिहरूको लागि मेवा रामवाण औषधि मानिन्छ। यसले पेटमा जम्मा भएको फोहोरलाई हटाएर कब्जियतबाट राहत दिन्छ। जन्डिसका बिरामीका लागि मेवा निकै फाइदाजनक मानिने पोषणविद् बताउँछन् ।

यसमा धेरै तत्त्वहरू हुन्छन् जसले हाम्रो शरीरमा उत्पादन हुने बिलिरुबिनलाई नियन्त्रण गर्छ। यसले शरीरमा जन्डिसको जोखिम कम गर्छ। मेवा खाँदा हाम्रो पाचन शक्ति बढ्छ र पेटसँग सम्बन्धित धेरै समस्याहरू हट्छन्।यो फेसप्याकको रूपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ।

धेरैजसो मानिसले मेवा खान सक्ने भए पनि गर्भवती महिलाले मेवा खानु हुँदैन । महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिनामा भूलवश पनि मेवा खानु हुँदैन, अन्यथा गर्भपातको खतरा बढ्न सक्छ। यस बाहेक झाडापखाला र तीव्र एसिडिटी भएका व्यक्तिहरूले पनि मेवा खानुहुँदैन। 

मेवामा औषधिय गुण रहेको हुदा यसको प्रयोग बाट हामीले धेरै फाईदा  लिन सकिन्छ ।

दाद आएमाः काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन । 

जिब्रो फुटेमाः काँचो मेवाको दुधमा गिलसिरिन मिसाएर जिब्रोमा विहानरवेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।

अल्काई भएमाः काँचो मेवा ताछेर नियमित दिनमा ४र५ टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन र निको हुँदै जान्छ ।

डंडीफोर र चाँया भएमा: काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।

घाँटीभित्रबाट सुनिएमा: काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २र३ दिनमा ठिक हुन्छ ।

कोलस्टेरोलमाः अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

चाउरीमाः मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ ।

पेटको समस्यामा: मेवाको बियाँ पेटको रोगका लागि औषधिको रूपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।

कन्स्टिपेसनमा स् मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रूपमा पचाउन मद्दत गर्छ ।
मलद्वारसंबन्धी समस्यामाः  मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

तौल घटाउन: उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।

बिहानीको वाकवाकीमा: खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।

हाडजोर्नीः जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।

प्रतिरोधी क्षमतावृद्धिमाः यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

स्याम्पुको रूपमाः मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।

रजस्वला अनियमित भएकोमाः मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ।

कलेजोको क्यान्सरमाः यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ।

गर्भनिरोधकः भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ।

मिर्गौलाको समस्यामाः विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।

डेंगुः मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने छ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।