ताजा अपडेट »

आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा

शनिबार, ०५ जेठ २०८१, १० : ५९
100 Shares
शनिबार, ०५ जेठ २०८१
100 Shares

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ ।

चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने बैंगलुरु १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।

यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यस अघि नै प्लेअफमा पुगिसकेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।