ताजा अपडेट »

मस्टर-सेफ सन्तोष साहको “मिथिला थाली” ललितपुरको झम्सीखेलमा , काठमाण्डौमा अर्को खोल्दैं

शनिबार, ०५ जेठ २०८१, ०६ : ३०
356 Shares
शनिबार, ०५ जेठ २०८१
356 Shares

काठमाण्डौं । मास्टर–सेफ सन्तोष साहले ललितपुरको झम्सिखेलमा मिथिलाको भोजन तथा संस्कृती पस्किन “मिथिला थाली” रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन । काठमाडौं उपत्यकाबासीलाई मिथिलाका परिकारहरुको स्वाद चखाउन करिब एक करोड ५० लाख रुपैयाँको लगानीमा आफ्नाे दाजु दिलीप साह र सेफ लक्ष्मणसँगको सहकार्यमा साहले मिथिला थाली सञ्चालनमा ल्याएका हुन् ।  रेष्टुरेन्टको औपचारिक उद्घाटन जेठ ६गतेआइतबार हुँदैछ ।

विश्व विख्यात बेलायती कुकरी रियालिटी सो “बिबिसी मास्टर सेफ” मार्फत नेपाल र नेपाली परिकारलाई विश्वमाझ चिनाएका सन्तोषले गत वर्ष जेठ ६गते गृहनगर जनकपुरमा मिथिला थाली संचालनमा ल्याएका थिए ।जनकपुरमा मिथिला थाली संचालनमा आएको ठिक एक बर्षपछि उनले ललितपुरमा मिथिला थाली ल्याएका हुन ।

Untitled-3

“जनकपुरको मिथीला थालीलाई स्थानिय, स्वदेशी तथा विदेशी सबैले धेरै मनपराईदिनु भएकोहुदा अब काठमाडौं उपत्यका वासीहरूलाई पनि मिथिला थालीको स्वाद चखाउन हामी उपत्यकामा आएका हौं” –सेफ सन्तोष साहले भने । हामीले यो रेस्टुरेन्टलाई भरपुर मिथिला संस्कृतिले सजाएका छौं । भित्ताहरू मिथिला चित्रकलाले भरिएका छन भने परिकारहरु पस्किएर दिने ट्रेमा पनि मिथिला कला देख्न सक्नुहुन्छ, उनले भने ।

यस रेष्टुरेन्टमा पुग्नासाथै मिथीलाको मसलाहरु राखि तयार गरीएको मही र दहीपुरीले स्वागत गरीन्छ । त्यसपछि मेनुमा भएका परिकाररु अर्डर गर्न सकिन्छ । यस रेष्टुरेन्टको मुख्य आकर्षण भनेको “मिथिला थाली” नै हो जुन शाकाहरी, चिकेन, फिस र मटनका परिकारमा पाइन्छ । यो थालीमा जनकपुरको आलु चोखा, कडि, तिलौरी, बिरिया, भात, रोटी, मौसमी तरकारी, दाल, मिठाइ, मासु, माछा लगायत १७ वटा परिकार दिईन्छ । मुख्य परिकारलाई सालको पातमा राखेर दिइन्छ । यी परीकार संगै आँप, मूला, खुर्सानी र लसुनको अचार अलग्गै दिईन्छ ।

2

रेष्टुरेन्टको मेनुमा सेफ-सन्तोष डेली डाइट पनि समावेस छ । यो थाली धेरैको रोजाइमा परेको छ । सेफ सन्तोषले भने,डेली–डाइट थालीमा तीन प्रकारका मांसाहारी  परिकारहरु संगै अन्य परिकारहरु पस्किने गरीन्छ । खना संगै याँहा मिठाइ, घ्यु जीलेबी, लालमोहन, रसमलाइ, लस्सी, तथा स्न्याक्समा  जनकपुरे तरूवा, तिलौरी, मिथिला तावा माछा पाइन्छ । अरु परिकारहरु थप्दै जाने उनको योजना छ । 

यी सबै मिथिलाका रैथाने परिकारहरु हुन, मिथिलामा यो पाहुना आउँदा खुवाउने गरीन्छ । सन्तोषले भने, पहिले यी परीकाहरु घरमा मात्र खुवाइन्थ्यो, अहिले रेस्टुरेन्ट मार्फत सबैका लागि पस्किरहेका छौ । यस मिथिला थाली रेस्टुरेन्टमा बिरिया, तिलौरी, अचार लगायत परिकारहरु ग्राहकका लागि बिक्री पनि गरीन्छ ।

4

सन्तोषको सेफ यात्रा 

सेफ सन्तोष सिरहाको कर्जन्हा नगरपालिका–९ सूर्यानी टोलमा ३८ वर्ष अगाडी जन्मेका हुन । उनि एसएलसीमा अनुत्तीर्ण भएपछि रोजगारीका सिलसिलामा  भारत गएका थिए । भारतमा रहदा होटलमा काम गरेका उनि भाँडा माझ्ने, तरकारी काट्ने लगायतका स–साना काम गरेर सिक्दै उनि कुक हुदै भारतका बिभिन्न होटलमा सेफका रुपमा सात बर्ष काम गरे । 

सात बर्षको कडा मेहनत र लगावले उनि गुजरातको ५ तारे होटलमा एक्जुकेटिव सेफका रुपमा काम गर्ने मौका पाए  । सेफका रुपमा भारतका बिभिन्न होटलहरुमा करीब १० बर्ष काम गरेर र सुनौलो भविष्यको खोजीमा यूरोपेली मुलुक मोन्टेग्रो पुगे। त्याहा पनि सोचे जस्तो नपाएपछि पुनः गुजरातकै आर्को पाँचतारे होटलमा एक्जुकेटीब सेफका रुपमा काममा फर्किए ।

त्यहा रहदा उनले फुड फेष्टिवलको आयोजना गरे जलाई भारतका ठुला मिडिया टाईम्स अफ ईण्डिया लगाएतका पत्रिकाहरु तथा अन्य म्यगजिनहरुले प्रथाकिताका साथ कभरेज गरे । जुन लण्डनका एक रेष्टुरेन्ट व्यवसायीले देखे र  सेफ सन्तोष लाई राम्रो अफरका साथ लण्डनमा कामका लगि बोलाए ।  उनी कामकै लागि बेलायत पुगे ।

समय बित्दै जाँदा उनी लन्डनको होटलमा मा सेफका रूपमा काम गर्न थाले । लण्डनमै रहेर काम गर्दे उनले विश्व प्रशिद्ध बेलायति कुकरी रीयालीटी सो “बिबिसी मास्टर सेफ”मा भाग लिएसंगै उनको चर्चा विश्वभर चुलियो । उनी सो प्रतियोगितामा नेपाली परिकारहरु पस्केर प्रतिशप्रधामा उत्रिए । बिबिसीको मास्टरसेफ प्रतियोगितामा सन्तोष मिथिला थालीबाटै उपविजेता बने । यही कार्यक्रम बाट संतोषले नेपाल र नेपाली परिकारलाई विश्वभर चिनाए ।

6

बिबिसीको मास्टरसेफ प्रतियोगितामा उप बिजेता बने पछि उनी नेपाल आए । याहाँ आएपछि आफ्नो ठाँउको खाना मिथिला परिकारलाई आफ्नै देशमा चिनाउनु पर्छ भन्ने सोच आयो र मिथिला खानाकोे प्रर्वधन गर्ने उद्देश्य राखे । यसका लगि उनले जनकपुरधामलाई मुख्य थलो बनाउने निधो गरे ।  यसका लगि सिरहाको मिर्चैयामा सानो रेष्टुरेन्ट संचालन गरेर बसिरहेका आफ्नै दाजु सेफ दिलिप कुमार साह संग सल्लाह गरे । सोही रेष्टुरेन्टको मेनुमा थप खानाका परिकाररुहरु थपेर जनकपुरधाममा चलाउनेबारे दाजुभाइले सल्लाह र्गयौं, -सेफ साहले भने ।

सुरूमा त दाजु अचम्म परे, मास्टर-सेफको रूपमा संसारभर चिनिँदै गएका भाइ जनकपुरमा गएर खाना बनाउने कुरा गर्छन भनेर । सन्तोषले आफ्नै नाममा ब्रान्ड बनाई मैथिली खाना पस्कने कुरा गरे । जुन कुरा दाजु दिलिपलाई पनि चित्त बुझ्यो र दाजु भाईको सहकार्यमा जनकपुरमा यसरी “मिथीला थालीको जन्म भयो । सन्तोष भन्छन– यही माटोमा जन्मिएँ, हुर्किएँ र ख्याति पनि कमाएँ, यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच पनि हो । 

दाजुभाइ मिलेर मिथिला थाली देशैभर फैलाउने उद्देश्य छ । झम्सिखेलमा हाम्रो पहिलो शाखा हो । चाँडै गौशालामा अर्को खोल्ने तयारी छ । खासगरी पशुपति दर्शन गर्न आउनेलाई लक्षित गरेर यो रेस्टुरेन्ट खोलिने सेफ दिलिपले बताए । यो रेष्टुरेन्ट पूर्णतया शुद्ध शाकाहारी हुने भएकोले यहाँ परिकारहरु अन्त भन्दा केही सस्तो पनि हुने  सेफ दिलिप बताउछन ।

आफुलाई भान्से भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको ब्राण्डिङ गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खानाको प्रवर्द्धनले विदेशीहरूलाई समेत यसप्रति आकर्शित गर्न सकिने बताए । उनले अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनुपर्नेमा जोड दिए । नेपालका मुख्य सहरहरु वीरगञ्ज, विराटनगर संगै, भारतको अयोध्या, दिल्ली तथा कतारको राजधानी दोहा लगायतका ठाउँहरुमा मिथिला थाली पुर्याउने उनीहरूको योजना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।