ताजा अपडेट »

२ बजे बोलाइएको प्रतिनिधिसभा बैठक पनि अन्यौलमा : प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

शुक्रबार, ०४ जेठ २०८१, १४ : ०३
152 Shares
शुक्रबार, ०४ जेठ २०८१
152 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका हुन् ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।  साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेसम्म बैठक सारिएको छ । अहिलेसम्म दलहरुबीच कुनैपनि ठोस सहमति नभएकोले २ बजेको बैठक पनि अन्योलमा परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।