कैलाली । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न माग गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई लिखित पत्र बुझाउँदै उनले तत्काल संयुक्त बैठक आह्वान गर्न माग गरेका हुन् ।
पत्रमा महरले सभापति तथा पदाधिकारीलाई सम्बोधन गरेका छन् । सहकारी रकमको ठगी, सरकारी जग्गा (गिरिबन्धु टिस्टेट) लगायतका विषयमा साझा धारणा बनाउन उनले संयुक्त बैठकको माग गरेको जनाएका छन् ।
‘अहिले सरकारमा संलग्न यी स्वेत अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग सहित कांग्रेस , संसद् र सडकमा सङ्घर्षरत छ। सांसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणामा विश्वास राख्नेहरू र पपुलिजमका नाममा कुनै राजनीतिक आईडियोलोजी बनाई नसकेकाहरूबाट संसदीय व्यवस्थाको गरिमा बढाउन पूर्ण साथ समर्थन रहने कुरामा जनताको तहबाट शङ्का आशङ्का छदै छ ’ सभापतिलाई बुझाएको निवेदनमा उनले लेखेका छन् ‘वर्तमान समसामयिक विषयवस्तुलाई जनमानसमा लैजान र जनविरोधी कार्यको भण्डाफोर गर्नका लागि साझा धारणा बनाउन लामो समय देखि बस्न न सकेको नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न जोडदार माग गर्दछु । ’
प्रतिक्रिया