बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ-२०२४ आयोजना गर्ने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका तथा विदेश पढ्न जाने सोच भएका विद्यार्थीहरुका लागि राइटपाथले जेठ ५ गते शनिबार बुटवलमा उक्त कनक्लेभ आयोजना गरेको हो ।
बुटवल शाखाका प्रवन्ध निर्देशक जीडि शिखरले यहाँका विद्यार्थीहरुलाई युके, युएसए, अष्ट्रेलिया तथा क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको बताए । त्यहाँ रहेका उत्कृष्ट कलेज, युनिभर्सिटी तथा शैक्षिक संस्थाबारे जानकारी गराउने उद्देश्यले कनक्लेभ आयोजना गर्न लागिएको जानकारी दिए । उनले यो कार्यक्रमले विद्यार्थी तथा अभिभावकहरूमा पछिल्लो समय वैदेशिक शिक्षा सम्बन्धी रहेका विभिन्न जिज्ञासा समाधान गर्न सहयोग मिल्ने धारणा व्यक्त गरे ।
शिखरका अनुसार कनक्लेभमा ४ वटा देशका ख्यातिप्राप्त विभिन्न विश्वविद्यालयका २० भन्दा बढी प्रतिनिधिहरु आउँदैछन् । सहभागी विद्यार्थीहरुले ती प्रतिनिधिहरुसँग पत्यक्ष रुपमा भेटेर आफ्ना बिभिन्न प्रश्न, जिज्ञासा मेटाउन र आफ्नो करियर अघि बढाउन सक्नेछन् । ‘युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउन सक्नुहुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्याउँछ ।’ शिखरले भने । उनले विद्यार्थीहरुलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन् ।
बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालन हुने कनक्लेभमा एक हजार बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको उनले बताए । ग्राण्ड एजुकेसन कनक्लेभमा सहभागी हुने विद्यार्थीहरुलाई एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरुको पनि व्यवस्था गरिएको छ । त्यस्तै, स्कलरसीप अफरदेखि जेठ ८ गतेसम्म आएल्स र पीटिइ जम्मा २०८१ रुपौयाँमै गर्न सकिने व्यवस्था गरिएको छ ।
यो कार्यक्रमका लागि गायिका अन्जु पन्त र २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ पनि बुटवल आउँदैछन् । राइटपाथ करिअर काउन्सिलिङले काठमाडौं, धनकुटा र हेटौडामा कनक्लेभ सम्पन्न गरिसकेको छ भने जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कनक्लेभ आयोजना गर्दैछ ।
प्रतिक्रिया