ताजा अपडेट »

काँग्रेसको नाराबाजीपछि संसद बैठक भोलीसम्मका लागि स्थगित

विहीबार, ०३ जेठ २०८१, १८ : १६
102 Shares
विहीबार, ०३ जेठ २०८१
102 Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि भोलीसम्मका लागि बैठक स्थगित गरिएको छ । बैठक भोली विहान ११ बजे बस्नेगरी स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।

प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका थिए । नाराबाजीका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि प्रतिनिधिसभामा तनाव उत्पन्न भएको थियो।

गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरण लगायत आफूमाथि उठेका प्रश्नहरुमा जवाफ दिन खोज्दा काँग्रेसले अबरोध गरेको हो । उसले सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्नुपभर्ने माग राख्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।