ताजा अपडेट »

सहमती जुटाउन प्रधानमन्त्रीले समय मागेपछि संसद बैठक ४ बजेका लागि सर्यो

विहीबार, ०३ जेठ २०८१, १२ : २४
78 Shares
विहीबार, ०३ जेठ २०८१
78 Shares

काठमाडौं । सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय मागेपछि बिहीवार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ ।

सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सहमति जुटाउन बैठक सारिएको हो । संसदीय छानबिन समिति गठन नभए संसद् बैठक अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिँदै आएको छ । सभामुख देवराज घिमिरेसँग भएको टेलिफोन कुराकानीमा प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास चलिरहेकाले बैठक सार्न आग्रह गरेका थिए ।

सरकारको आग्रहमा बैठक अपराह्न ४ बजेसम्म सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।