ताजा अपडेट »

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

विहीबार, ०३ जेठ २०८१, १० : ४७
68 Shares
विहीबार, ०३ जेठ २०८१
68 Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपति बहस गर्न सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपति चुनाव लक्षित बहस हुनेछन् ।

पहिलो बहस सिएनएनले पहिलो बहस जर्जिया राज्यमा जुन २७ मा आयोजना गर्ने छ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्ने छ । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुईवटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे । यद्यपि ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने बताएका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।