ताजा अपडेट »
संदिप लामिछाने प्रकरण

सन्दीपलाई सफाइ दिँदा उच्च अदालतले टेकेका दुई आधार

बुधबार, ०२ जेठ २०८१, २१ : ५९
200 Shares
बुधबार, ०२ जेठ २०८१
200 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेको हो । 

गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला चित्त नबुझे पछि उल्टाउन माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिनुपछाडि २ वटा आधार टेकेका छन् । गौशाला २६ नाबालिक हुन भन्ने दाबी प्रमाणित नभएको पहिलो आधार लिइएको छ । 

त्यस्तै जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगरेको पनि इजलासको ठहर छ ।

जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्च अदालतको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् ।

उच्च अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले तत्काल निलम्बन फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो पनि खुलेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।