ताजा अपडेट »
सरकारको नीति तथा कार्यक्रम

प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्‍चित गर्न प्रवन्ध मिलाईदै

मंगलबार, ०१ जेठ २०८१, २१ : ५४
110 Shares
मंगलबार, ०१ जेठ २०८१
110 Shares

काठमाण्डौ । प्रवासमा रहेका नेपाली नागरीकहरुलाई मताधिकारको प्रबन्ध मिलाउन सरकारले पहल थालेको छ। नेपालबाट विश्वका विभिन्न मुलुक पुगेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन सर्वाेच्च अदालतले समेत परमादेश दिइसकेको छ। 

सोहीअनुसार आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा सरकारले सो विषय समावेश गरेको छ।  

मंगलबार (जेठ १) मा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्‍चित गर्न आवश्यक कानुनी एवम् व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ।’

विदेशमा भएका नेपालीको यकीन तथ्यांक भने सरकारले सार्वजनिक गरेको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।