गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका संस्थापक कार्यकारी प्रमुख बाबुराम पल्ली १० वर्षपछि सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न फर्किएका छन् । २०७१ साल बैशाख २५ गते नेपाल सरकारले रेसुङ्घा नगरपालिका घोषणा गरेको थियो । सोही वर्षको जेठ १ गते आफूले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न सुरु गरेको पल्लीले बताए ।
‘तम्घास भिमचोक माथीको खानेपानीको कार्यालयमा सानो कोठाबाट नगरबासीलाई सेवा दिन सुरु गरेको थिएँ ।’–पल्लीले भने, २०७३ चैत्र ८ गते त्यहाँबाट गुल्मीकै कालिगण्डकी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हल्न पुगेको हूँ ।
उनी गत फागुन १३ गते उपसचिवमा बढुवा भएपछि रेसुङ्गाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएको बताउँछन । पल्ली साविक जिल्ला विकास समितिमा योजना अधिकृकतको जिम्मेवारी समेत सम्हालेका थिए । स्याङ्जा घर भएका पल्लीले गुल्मीमा मिलनसार र कुशल अधिकृतको छवि बनाएका छन् ।
प्रतिक्रिया