ताजा अपडेट »

तस्करको नयाँ तरिका : टि-सर्ट र अण्डरवेयरमा सुन लेपन, त्रिभुवन विमास्थलबाट २ पक्राउ

मंगलबार, ०१ जेठ २०८१, ०७ : १२
630 Shares
मंगलबार, ०१ जेठ २०८१
630 Shares

काठमाडौं । सुन तस्करीका लागि नयाँ तरिका अपनाएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । सुन लेपन गरेर पहिरिएको कपडामा ५ किलोग्राम सुन भेटिएपछि २ जना भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको हो ।

सोमबार फ्लाइ दुबईको फलाइटबाट काठमाडौं आएका उनीहरुलाई चेकजाँग गर्ने क्रममा कपडाको तौल अस्वभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा ३४ वर्षीय मोहन कुमार गणेशन र ३३ वर्षीय सुरेश कुमार रहेका छन् । सुराकीले दिएको विशेष सुचनाको आधारमा उनीहरुलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो ।

चेकजाँच गर्दा मोहनले लगाएर आएको कालो रङको टि-सर्ट, निलो रङको जिन्स पाईन्ट र निलो रंगको भित्री वस्‍त्र (अण्डरवेयर) को तौल २५०० ग्राम र सुरेशलले लगाएर आएको सेतो रङको टि-सर्ट, कालो रङको जिन्स पाईन्ट र निलो रंगको भित्री वस्‍त्र (अण्डरवेयर) को तौल २५०० ग्राम अस्वभाविक देखिएको थियो ।

एक्सरे मेसिनमा स्क्यानिङ गरेर हेर्दा अरु कपडाको भन्दा फरक किसिमको आकृती देखिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दियो । उक्त कपडाहरुलाई च्याति हेर्दा सुन लेपन र पेष्‍ट गरिएको पाइएको थियो । उनीहरुमाथि आवश्‍यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।