ताजा अपडेट »

जसपा नेपालले फिर्ता लियो प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

सोमबार, ३१ बैशाख २०८१, १२ : २९
112 Shares
सोमबार, ३१ बैशाख २०८१
112 Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

यस अघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्ने भएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।