ताजा अपडेट »

सशस्त्र प्रहरीद्वारा रोहिणीका अध्यक्षसहित २ जना सम्मानित

सोमबार, ३१ बैशाख २०८१, ०९ : ००
66 Shares
सोमबार, ३१ बैशाख २०८१
66 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी सम्मानित भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले सम्पादन गर्ने विभिन्न कार्यहरु पूरा गर्ने क्रममा विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरी गण तथा मातहत युनिटहरुको कार्यसम्पादनलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै अध्यक्ष यादव र त्रिपाठीलाई सम्मान गरिएको हो ।

आइतबार सिद्धार्थनगर नगरपालिका–१ (भैरहवा), रुपन्देहीमा आयोजित गणको १७ औं स्थापना दिवस विशेष कार्यक्रममा गाउँपालिका अध्यक्षद्वयलाई सम्मान गरिएको सशस्त्र प्रहरी उपरीक्षक गणपति (एसपी) आनन्द थापा मगरले बताए । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायव महानिरीक्षक बाहिनीपति (डीआईजी) ले यादव र त्रिपाठीलाई दोसल्ला ओढाएर कदर–पत्र प्रदान गरी सम्मान गरेका थिए ।

सम्मानपछि प्रतिक्रिया दिदै रोहिणी गाउँपालिका अध्यक्ष यादवले यो सम्मानले काम गर्ने उर्जा थपिएको बताए । उनले नागरिक र देशको सुरक्षामा खट्ने प्रहरीलाई हौसला प्रदान गर्नुपर्ने र सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।