ताजा अपडेट »
भारतीय लोकसभा निर्वाचन

किन कश्मीरमा चुनाव लडेन बीजेपी

आइतबार, ३० बैशाख २०८१, २२ : १२
180 Shares
आइतबार, ३० बैशाख २०८१
180 Shares

श्रीनगर, कश्मीर । भारत-प्रशासित कश्मीरको विशेष मान्यता अन्त्य गरेको चार वर्षभन्दा बढी समयपछि पहिलो पटक हुन लागेको आमनिर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)ले भने कश्मीरमा चुनाव नलड्ने निर्णय गरेको छ।  राजनीतिक विश्लेषक तथा विपक्षी नेताहरूले बीजेपीको यस निर्णयलाई सरकारको विगतको कदमका कारण उक्त क्षेत्रका बासिन्दामा उत्पन्न रिसलाई पार्टीले स्वीकार गरेको अर्थमा लिएका छन्।

कश्मीर र दिल्लीबीचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण छ। भारतीय शासनका विरुद्ध भएको विद्रोह र त्यसलाई दबाउन गरिएको सेना परिचालनका कारण विगत तीन दशकमा यस हिमाली क्षेत्रमा हजारौँको ज्यान गएको छ।  सन् २०१९ मा यस क्षेत्रलाई उल्लेख्य स्वायत्तता प्रदान गरेको भारतीय संविधानको धारा ३७० का करिब सबै व्यवस्थालाई हटाएर बीजेपीका नरेन्द्र मोदीको सरकारले लद्दाख र जम्मू-कश्मीर गरी दुई सङ्घीय सरकार-प्रशासित क्षेत्रका रूपमा शासन गर्न सुरु गरेपछि अवस्थाा झनै खराब भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।