ताजा अपडेट »

बुटवल बजारमा बाढी पसेपछि सफा गर्न डोजर चलाइयो (फोटो फिचरसहित)

आइतबार, ३० बैशाख २०८१, १२ : १४
4.44K Shares
आइतबार, ३० बैशाख २०८१
4.44K Shares

बुटवल । शनिबार राती परेको वर्षाले बुटवल बजार डुबानमा पर्नुका साथै लाखौं रकम बराबरको क्षति गरेको छ । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले वर्षासँगै नाली भरिएपछि बाजार क्षेत्रमा बाढी पसेको हो ।

saphae

डुबानका कारण पश्चिम नेपाल बस व्यवसाय समितिको प्रधान कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय तथा राष्ट्रिय समाचार समिति रासस कार्यालयमा फर्निचर, कागजात तथा तत्ताकपडा नष्ट गरेको छ । यसैगरी बुटवलको व्यस्त बजार क्षेत्र अमरपथ, बिकासपथ, हाटबजार लाइन लगायतका सडकमा हिलो तथा पातपतिङ्गरले भरिएपछि डोजर लगाएर सफा गरिएको छ । यहाँका दर्जनौ पसलहरुमा बाढी पसेर लाखौं रकम बराबरको आर्थिक क्षेति गरेको दाबी गरिएको छ ।

यसैबीच सोह्रछत्तिस कुलोबाट बाढी बुटवलको न्यु होराइजन माविमा पसेपछि आइतार विद्यालय बन्द गर्नु परेको छ । कुलोमा रहेको गेट बाल भन्द भएको समयमा राती परेको वर्षाले कुलो भरिएर विद्यालयमा प्रवेश गरेको थियो विद्यालयको तल्लो तलाका सबै कक्षा कोठाहरु डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ ।

pasal ma pani

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले फूलबारी क्षेत्र, रासस कार्यालय वरिपरी र न्यू होराइजन स्कुल क्षेत्रमा रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले सफाइको काम सकिन लागेको बताए ।

बुटवलका इन्जिनियर गौतम रौनियारले सोह्रछत्तिस कुलोमा रहेको गेट बन्द भएकाले यति ठूलो समस्या आएको र आफ्नो घर पनि डुबानमा परेको बताएका छन् । उद्योगी अशोक कुँवरले आफ्नो उद्योगमा भएको डुबानले ठूलो क्षति भएको बताए । कालिकानगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाखको सबै प्लाइउड नोक्सान भएको उनले बताए । कुलोको पानी सबै फर्केर घरपसलमा पुगेको उनको भनाई छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताए ।

ammarpath

ledo in bajar

hilo in butwal bajar

dojar in butwal bajar

badhi safai in butwal

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।