दाङ । दाङमा बञ्चरो प्रहार गरि दुई महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका-१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको छ ।
घोराही १० पहेलपार स्थित जुपली बुढाको घरको भान्सा कोठामा हत्या गरेको प्रहरीले बताएको छ । साँझ ५ बजेतिर बन्चरो प्रहार गरि हत्या गरिएको प्रहरीले बताएको छ । उनीहरु दुबै जना अटो चालक हुन् । बुढाको पहिलेको घर रुकुम र सुनारको पहिलाको घर सुर्खेत रहेको खुलेको प्रहरीले बताएको छ ।
महिलाको हत्या आरोपमा प्रहरीले रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया