ताजा अपडेट »

दाङमा अटो रिक्सा पल्टिएर एक जनाको मृत्यु

शनिबार, २९ बैशाख २०८१, १३ : २६
148 Shares
शनिबार, २९ बैशाख २०८१
148 Shares

दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटोमा अन्य यात्रु सवार नरहेको प्रहरीको भनाई छ । अटो सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।