ताजा अपडेट »

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन: कांग्रेस

शुक्रबार, २८ बैशाख २०८१, १६ : २४
156 Shares
शुक्रबार, २८ बैशाख २०८१
156 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसका महामन्त्री गगन थापाले संसदमा सांसदका प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् ।उनले संसदीय समिति गठन नगरेसम्म संसदको कुनैपनि कारवाही अगाडी बढाउन नदिने घोषणा गरेका छन् । 

संसदमा बोल्दै महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफुहरुको एक मात्र विषय भएको बताए ।उनले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको भन्दै महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको आरोप लगाए ।

महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको आरोप लगाउदै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण बोकेर संसदमा आएको बताए ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।