ताजा अपडेट »
नोटमा चुच्चे नक्सा

राष्ट्रपतिका सल्लाहकारलाई बर्खास्त गर्न एमाले नेता रावलको माग, बाबुराम भट्टराईको अभिव्यक्तिको पनि गरे निन्दा

बुधबार, २६ बैशाख २०८१, ०५ : ००
152 Shares
बुधबार, २६ बैशाख २०८१
152 Shares

नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन ।

नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति डा. नेपालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता रावलले बर्खास्त गर्न माग गरेका हुन ।

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयले भारतसँगको सम्बन्ध बिग्रनसक्ने अभिव्यक्ति दिएका थिए ।

सोही प्रकरणमै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति पनि नेता रावलले आक्रोश व्यक्त गरेका छन । डां.भट्टराईको पनि डा.चिरन्जिवी नेपालको जस्तै अभिव्यक्ति आएको थियो ।

रावलले बुधबार साँझ ट्वीट गर्दै आक्रोष पोखेका हुन । उनले लेखेका छन, ‘संसदबाट पारित र संविधानमा उल्लेखित नक्शा, मुद्रा लगायत सरकारी कागजात र काममा उल्लेख हुनैपर्छ ।

Untitled-3

भारतीय विदेशमन्त्रीको आपत्तिलाई समर्थन हुने गरी सरकारको निर्णयको निन्दा गर्ने राष्ट्रपतिका सल्लाहकारलाई बर्खास्त गरी छानबिन गर्नुपर्छ । पूर्व प्रम बाबुरामको त्यस्तै भनाईको निन्दा गर्नुपर्छ।’


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।