ताजा अपडेट »

के गायिका मेनुका पौडेलले अपरेशनपछि अब आँखाले देख्न सक्ने भएकी हुन् ?

बुधबार, २६ बैशाख २०८१, ०९ : २२
400 Shares
बुधबार, २६ बैशाख २०८१
400 Shares

बुटवल । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा आइतबार गायिका पौडेलको आँखाको शल्यक्रियापछि उनले देख्न सक्छिन वा सक्दिनन् भन्ने विषयमा धेरैले जिज्ञासा व्यक्त गरेका छन् । गायिका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा।सन्दुक रुइतले जानकारी दिए।

डा. रुइतका अनुसार यो शल्यक्रियापछि गायिका पौडेलको आँखा अब सामान्य मान्छेको जस्तै देखिने छ। तर, उनको आँखाको दृष्टि फर्काउने शल्यक्रिया भने यो होइन। ‘यसअघि गायिका पौडेलको आँखा अरुले हेर्दा असामान्य खालको देखिन्थ्यो, अब त्यस्तो नभएर सामान्य जस्तै देखिन्छ,’ डा। रुइतको सचिवालयले भन्यो।

शल्यक्रिया गरिएको आँखा पूर्ण रूपमा निको हुन झण्डै हप्ता लाग्ने चिकित्सकले बताएका छन्। इन्डियन आइडलको सिजन १४ मा गायिका पौडेलले आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी थिइन्।

उक्त चस्मा लगाएपछि मेनुकाले एक्लै हिँडडुल गर्नेदेखि पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्नसम्म सक्न थालेकी छन्। यो शल्यक्रियापछि पनि उनले हिँडडुल गर्नेदेखि पढ्नसमेत उक्त चस्मा लगाउनु पर्नेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।