काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बारे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले भन्दै ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् । आइतबार ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले पाएको ३० मतलाई नै बहुमत पुगेको भन्दै सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
प्रतिक्रिया