ताजा अपडेट »

कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई

शनिबार, २२ बैशाख २०८१, १६ : ०७
118 Shares
शनिबार, २२ बैशाख २०८१
118 Shares

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-  सिमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ भनेर ईपिजीवारे कुरा गर्न डराउने,नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र हो ।  कुटनीति सस्तो लोकप्रियताको विषय होइन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।