ताजा अपडेट »

नेपाल-वेस्ट इन्डिज टी-२० सिरिजको आज अन्तिम खेल

शनिबार, २२ बैशाख २०८१, ०३ : ४४
112 Shares
शनिबार, २२ बैशाख २०८१
112 Shares

बुटवल । विश्वकप तयारीका लागि आयोजित नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिज अन्तरगत आज अन्तिम खेल हुँदै छ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे हुने खेल नेपालका लागि प्रतिष्ठाको लागि मात्रै हुने छ । प्रतियोगिता अन्तरगत लगातार ३ खेलमा जित दर्ता गर्दै वेस्ट इन्डिज ए ले सिरिजको उपाधि आफ्नो कब्जामा पारिसकेको छ । नेपालले सिरिजको पहिलो १ खेलबाहेक लगातार हार व्यहोर्दै आएको छ । आजको खेलमा जित दर्ता गर्दै सिरिज ३-२ को स्थितिमा ल्याएर सुखद अन्त्य गर्ने दाउमा नेपाल हुने छ । विश्वकप टी-२० खेल्नका लागि नेपाली टोली आजनै प्रस्थान गर्नेहुँदा उच्च बनोबल बनाउन यो प्रतियोगिता महत्वपूर्ण हुने छ । यसलगत्तै नेपालले वेस्टइन्डिजमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने छ । आगामी जुन महिनामा हुने टी-२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।