ताजा अपडेट »

दमकमा गोली हनिएकी छात्राको अवस्था खतरामुक्त, आफ्नै पूर्व शिक्षकले गोली हानेको छत्राको बयान

शुक्रबार, २१ बैशाख २०८१, २१ : ५३
2.02K Shares
शुक्रबार, २१ बैशाख २०८१
2.02K Shares

दमक । झापाको दमकमा गोली लागेर गम्भीर घाइते भएकी छात्रा एनिका गजमेरले अफुलाई गोली हान्ने आफ्नै पूर्व शिक्षक भएको बताएकी छन् ।  परीक्षा दिएर विद्यालयबाट फर्किँदै गरेकी एनिकाको शुक्रवार दिउँसो सिराहा घर भएका अमित कुमार यादवले गोली हानेका थिए । गोली एनिकाको नाभि छेउमै लागेको थियो । उनको दमक स्थित लाइफलाईन अस्पतालमा अप्रेसन गरी गोली निकालीएको थियो । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा १२को मानविकी सङ्कायमा अध्ययनरत छन् । एनिकाको अवस्था अहिले खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताएका छन । गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको जानकारी पाएको प्रधानाध्यापक श्रेष्ठले बताए ।

एरिकाको उपचारमा खटिएका डाक्टरका अनुसार छात्रा गजमेरकोको अवस्था खतरा मुक्त रहेको छ । घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको समेत बताइन् । अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई उनले पढाएको र दमक आएपछि पनि एक–दुई पटक यादवसँग भेट भएको बताइन् । अहिले यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ छ ।

गोली हान्नुको कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।