ताजा अपडेट »

दोस्रो पालिका स्तरिय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

शुक्रबार, २१ बैशाख २०८१, २१ : ०४
194 Shares
शुक्रबार, २१ बैशाख २०८१
194 Shares

बुटवल । जिल्ला भलिबल सँघ रुपन्देहीले  आयोजना गरेको  पालिका  स्तरिय  दोस्रो  पुरुष  भलिबल प्रतियोगिताको उपाधि  शुद्धोधन गाँउपालिका  हात पार्ने सफल भएको छ ।  

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मणिमुकुन्द भलिबल क्लबको मैदानमा सन्चालित  भलिबल प्रतियोगितामा देवदह नगरपालिकालाई हराउदै  शुद्धोधन गाँउपालिका बिजय भएको  हो । रोचक रहेको  प्रतियोगितामा देवदहलाई २ सेटमा रोक्दै ३ सेट हात पादै शुद्धोधन गाउपालिका प्रथम  हुन सफल भएको  हो जीतसँगै  नगद ५५ हजार सहित कप मेडल प्रमाण पत्र हात पारेको छ । देबदह नगरपालिका उपबिजेतमा बनेको छ  देबदह नगरपालीकाले नगद ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेको छ ।  

तेस्रो स्थान ओगटन सफल  तिलोत्तमा नगरपालीका ले नगद   २५ हजार कप मेडल प्रमाणपत्र हात पारेको छ भने कन्चन गाउपालीका  १५ हजार कप मेडल प्रमाणपत्र हात पारेको खेल संयोजक लोकेन्द्र भन्डारीले बताए । 
समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख  रामकृष्ण खाणले बोल्दै  समाजमा  भलिबलखेलको माग बढदै गएको भन्दै भलिबल वा अन्ने खेलकुदमा लागेका  युवाहरुको सामाजिक क्षेत्रमा समेत  महत्वपुर्ण भुमिका  रहेको बताए ।

खेलाडीहरुले आफनो  खेल विकाससँगै देशको समेत पहिचान बनाउने हुदा खेलकुद क्षेत्रको बिकास पुर्वाधार निमार्णमा सबै पक्ष लाग्नुपर्ने बताए । खेलले मानिसलाई अनुशासित र लगनसिल बनाउने नगर प्रमुख खाणको भनाई छ । कार्यक्रममा जिल्ला भलिबल सँघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले भलिबल खेल सबैको रुचिको बिषय भएपनि यसको बिकास र पुवाधार निमार्णमा कसैको ध्यान नपुगेको गुनासो  गरे ।

जिल्ला भित्र रहेका  भलिबलका खेलाडीको खोजी र खेलको बिकास र्गन आयोजित प्रतियोगिमा  सम्पन गर्ने  बिभीन्न संघ सस्थाहरुसँग चन्दा मागेर कार्यक्रम गर्नुपरेको भन्दै  राज्यले खेलकुदका प्रतियोगिताहरुलाई  विशेष सहयोग हुनुपर्ने  बताए । भलिबल खेल राष्टिय खेल भएपनी यसको बिकास खेलाडी उत्पादनमा  राज्यले खासै चासो नदिएको गुनासो गरे  ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।