गुल्मी । हिजो विहिबार प्युठान जिल्ला अस्पतालमा मृत्यु भएका प्युठानका भेलु बाजे उपनामले चर्चित मिनबहादुर बुढालाई एक महिलाले कुटेर मृत्यु भएको भन्दै उनका ज्वाँईले प्रहरीमा किटानी जाहेरी दिएका छन ।
प्युठान नगरपालिक-५ जुब्रिकाँडा, घर भएका भेलु बाजेको कुटेर ज्यान गएको भन्दै प्युठानकै उनका ज्वाई हिमलाल पुन मगरले आज किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार प्युठान घर भएकी ३० वर्षीया गीता केसी विरुद्ध किटानी जाहेर परेको हो । ‘आज उनि विरुद्ध जाहेरी परेको छ, भोली शनिवार भएकोले पर्सी आईतबार अदालतबाट पक्राउ पूर्जीको अनुमति लिएर पक्राउ गरी अनुसन्धान सुरु गरिने छ ।’-डिएसपी खडकाले भने ।
के कारण कुटपिट गरियो भन्ने बारे अहिले नखुलेको तर अनुसन्धानबाट खुल्ने खड्काको भनाई छ ।
प्रतिक्रिया