ताजा अपडेट »

लैंगिक हिंसा निवारणका लागि विशेष योजना ल्याउछौं : मन्त्री अधिकारी

शुक्रबार, २१ बैशाख २०८१, ०९ : ३७
128 Shares
शुक्रबार, २१ बैशाख २०८१
128 Shares

बुटवल । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले प्रदेशमा रहेको लैंगिक हिंसा निवारणका लागि विशेष योजना ल्याउने बताएकी छन् । त्यसका लागि सरोकारवालाहरुसंग छलफल, योजना निर्माण र नीति विश्लेषणको काम सुरु गरेको उनले बताइन ।

मन्त्री अधिकारीले प्रदेशको लैंगिक समानता नीतिलाई हरेक योजना र क्रियाकलापमा जोड्दै बालविवाह अन्त्य, प्रजनन स्वास्थ्य सुधार र कुपोषण हटाउन विशेष कार्यक्रम गर्ने योजना बनाउने बताइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दाङको भालुवाङमा बिहीबार आयोजना गरेको प्रदेश सभाका महिला सदस्यहरुसंगको अन्तरसंवाद कार्यक्रममा मन्त्री अधिकारीले महिला वा बालिका भएकै कारण हुने हिंसा हटाउन सबैको पहल जरुरी रहेको बताइन् ।

अन्तरक्रियामा बोल्दै प्रदेश सभा सदस्य निमा गीरीले प्रदेशले लैंगिक नीति बनाइसकेकाले राम्रा कामको प्रचारप्रशार गर्दै त्यसलाई टेकेर कार्यक्रम र योजना निर्माणमा कर्मचारीहरु पनि संवेदनशील हुनुपर्ने बताइन् । प्रदेश सभा सदस्य कृष्णा कुसुम थारुले प्रदेश सभा सदस्यको भूमिकालाई आत्मसाथ गर्दै लैंगिक योजना कार्यान्वयनमा लैजान सुझाब दिइन् । प्रदेशसभा सदस्य वसन्ती न्यौपानेले प्रदेश सभा सदस्यहरु फरक फरक पृष्ठभूमि र सिकाइबाट आएकाले तिनको अनुभवलाई नीति तथा कार्यक्रम कार्यान्वयमा अपनाउनुपर्ने बताइन् ।

अन्तरक्रियामा बालविवाह अन्त्यका लागि बनाउनुपर्ने कार्ययोजना,  लैंगिक हिंसा निवारणका क्रियाकलाप र प्रदेशको लैंगिक नीतिबारे सहजीकरण गरिएको थियो । सीड कमिटिका विज्ञ सदस्य वन्दना राणाले मुख्य सहजीकरण गरेको कार्यक्रममा प्रदेशका प्रमुख सचिव राधिका पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका निमित्त सचिव शारदा वश्याल र युएनएफपिएका रिद्धि शर्माले सहजीकरण गरेका थिए । कार्यक्रममा युएनएफपिएको प्राविधिक सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्य रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।