बुटवल । गुल्मीका पत्रकार तथा यस ग्लोबल आबाजका सहकर्मी प्रेम सुनार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबाट सम्मानित भएका छन् । संघको चौथो साधरण सभाको अवसरमा लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित कार्यक्रमका बीच बुधबार सुनारलाई सम्मान गरिएको हो ।
मुख्यमन्त्री जोखबहादुर महराले सुनारलाई कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेका हुन् । सुनार नेपाल पत्रकार महासंघ गुल्मीका सचिब तथा प्रेस सेन्टर नेपालका कन्द्रीय सचिब हुन् । महासंघले प्युठानकी बसुन्धारा गौतम, बाँकेका प्रेम केसी र बर्दियाकी मेनुका चौधरीलाई सम्मान गरेको थियो । पत्रकार महासंघका १२ जिल्ला मध्ये दाङ्ग जिल्ला उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ ।
प्रतिक्रिया