ताजा अपडेट »

चीनले बनायो कोरोना भाइरस संक्रमणबारे बताउने मोबाइल एप्स

मंगलबार, २८ माघ २०७६, १४ : ०३
6 Shares
मंगलबार, २८ माघ २०७६
6 Shares

माघ २८,

काठमाडौँ । चीनले कोरोना भाइरसबाट संक्रमण हुने अवस्था रहे, नरहेकोबारे जानकारी दिने मोबाइल एप्स बनाएको छ । चीनको सरकारी विभाग, इलेक्ट्रोनिक टेक्नोलोजी ग्रुप र स्वास्थ्य एवं यातायात अधिकारीहरूको सहयोगमा एप्स बनाइएको हाे ।

प्रयोगकर्तालाई कोरोना भाइरस संक्रमणको जोखिम कति छ ? भन्नेबारे एप्सले बताउने छ । संक्रमणको जोखिम भएको मान्छेलाई घरमै आराम गर्न वा अवस्था अनुसार स्वास्थ्य अधिकारीकहाँ जान एप्सले सुझाव दिने बताइएको छ । जेखिमबारे जाँच गर्न प्रयोगकर्ताले मोबाइलमा क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । सुरुमा नयाँ एप्स रजिस्टर गरेपछि यसले प्रयोगकर्ताबाट नाम र आइडी नम्बर माग्ने छ । रजिस्टर भएका प्रत्येक नम्बरका आधारमा अन्य तीन आइडी पनि एप्पले आफै जाँच्ने छ । चीनले कोरोनाबारे आफ्ना जनताको सुरक्षाका लागि हर सम्भव प्रयास गरेको जनाएको छ । 

‘क्लोज कन्ट्याक्ट डिटेक्टर’ नाम दिइएको यो एप्सबाट एउटै कक्षामा पढ्ने, एउटै कार्यालयमा काम गर्ने र एउटै घरमा बस्ने मानिसमा संक्रमणको जोखिम छ/छैन भन्ने जानकारी दिनेछ । त्यस्तै मेडिकल स्टाफ, बिरामी, डाक्टर, यात्रु एवं चालक दलको अवस्था अनुसार पनि संक्रमणको जोखिमबारे यसले जानकारी दिनेछ । जस्तै एउटै एयर कन्डिसन प्रयोग भएको एउटै कार्यालयमा काम गरिरहेका कर्मचारीबीच संक्रमणको जोखिमको अवस्थाबारे एप्सले जानकारी दिनेछ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।