कपिल अर्याल/ सामान्ययाः एक देशले अर्को कुनै राष्ट्रसँग कुनै निश्चित उद्धेश्य र साझेदारी गर्ने प्रकृया नै अन्तराष्ट्रिय सम्बन्ध हो । १९४७ पश्चात गठित ‘विदेश मामिला परिषद’ अन्तराष्ट्रिय राजनीति र सम्बन्ध व्यापकताको मुख्य आधार हो भन्न सकिन्छ । नेपालले सर्वप्रथम बेलायतसँग दैत्य सम्बन्ध स्थापित गरेको थियो । भारत, अमेरिका, रुस, चीन लगायतका सयौं मुलुकसँगदैत्य सम्बन्ध नेपालले कायम गरी सकेको छ । यसले भाईचारा, बन्धुत्व मात्र होईन संयुक्त राष्ट्रसंघका मुल्य र मान्यतालाई समेत अनुसरण गर्न मद्धत गरेको पाईन्छ । अन्तराष्ट्रिय सम्बन्धका आधारमा परराष्ट्रनीति र बिदेश मामिला स्थापित हुने हुदा कैयौ राष्ट्रहरुले क्षेत्रिय र वैश्विक सम्बन्ध विस्तार गर्न सफल भएका छन् ।
अन्तराष्ट्रिय सम्बन्धका व्यापकता र यसका कार्यक्षेत्रहरु निर्धारित हुनाले अविकसित, अल्पविकसित र विकासउन्मुख देशलाई विश्वसमुदायमा परिचित हुन र उद्धेश्य प्राप्तिका लागि सहज वातावरण निर्माण भएको छ । नेपाल, भारत, मंगोलिया, अफ्गानिस्तान जस्ता भुपरिवेष्ठित देशलाई विश्वमञ्चमा आफ्ना समस्या र चुनौती समाधानका लागि अपिल गर्न वा सहयोग आदानप्रदान गर्न उपयुक्त स्थान मिलेको छ । समस्या, चुनौती, उद्धेश्य र सहकार्यता आन्तरिक वा बाह्यरुपमा आदानप्रदान गर्नु नै अन्तराष्ट्रिय सम्बन्ध हो । अन्तराष्ट्रिय सम्बन्धले शान्ति व्यवस्थापनदेखि द्धन्द्ध व्यवस्थापनमा समेत साहयता प्रदान गर्दछ ।
अन्तराष्ट्रिय सम्बन्धका रणनीतिक विशेषताहरु छन् । जसले ब्यापार, कनेक्टीभिटी, शक्तिको प्रयोग र शक्ति सन्तुलन बढ्वा गर्नका लागि अभिप्रेरित गर्दछ । सुरक्षा सन्धि, सन्धि सम्झौता, आर्थिक सहयोग, सांस्कृतिक वैज्ञानिक शैक्षिक सम्बन्ध, युद्ध तथा द्धन्द्ध व्यवस्थापन जस्ता महत्वपुर्ण कार्यक्षेत्रमा टेवा पुयाउने गर्दछ । दुई वा दुई भन्दा बढी देश बिचका आन्तरिक वा वाह्रय असमझदारीहरुलाई रणनीतिक साझेदारीको रुपमा निकाश दिलाउन सहयोग पुयाउँछ । नेपालको सन्र्दभमा अन्तराष्ट्रिय सम्बन्धलाई ब्यापक भने पुयाँउन सकेको अवस्था देखिदैन । आफ्नो मुलुकको हित उपर नीति निर्माण गर्नु र देशको स्वार्थ अनुकुल साझेदारी कायम राख्नु नै अन्तराष्ट्रिय सम्बन्धका रणनीतिक विशेषताहरु हुन।
दैविक प्रकोप अन्तर्गत भोकमारी, भुकम्प, बाढी पहिरो, युद्धको बखत आदि ईत्यादी हुँदा हामीले थुप्रै मुलकबाट आर्थिक सहायता प्राप्त गर्ने गरेका छौ । बैदेशिक रोजगारी, श्रम स्वीकृति, उच्च शिक्षा अध्ययनका लागी स्वीकृति, वैैदेशिक भ्रमण आदि अन्तराष्ट्रिय सम्बन्धका उपलब्धीहरु हुन । यसलाई ब्यापक र बृहत ढंगले उपभोग गर्दै अन्तराष्ट्रिय जगत सामु पुग्ने र अनुभव, अनुसन्धान संकलन गरी देश विकासको पक्षमा उभिन अबसर प्रदान गर्दछ ।
सार्क, बिमिस्टेक, आई एल वो, डब्लु.टि.ओ, यु.एन.वो जस्ता संस्थामा हाम्रो आबद्धताले हाम्रा अधिकार र अन्तरविरोधलाई सुनिश्चित गर्न अबसर जुटाएको छ । यावत र बृहत पक्षहरुको श्रोतकेन्द्र भनेकै अन्तराष्ट्रिय सम्बन्ध हो तसर्थ यसको प्रयोगसँगै ब्यापताको दृश्टान्त तर्फ उन्मुख हुन जरुरी छ ।
अन्तराष्ट्रिय सम्बन्ध भन्नु “सामुहिकतामा एकता” भन्नु पनि हो तर शक्तिको होडबाजीमा अविकसित र अल्पविकसित राष्ट्रहरु माथि बलमिचाईको कार्य नभएको पनि होईन । हेप्ने र लाद्ने प्रबृति पनि हावी छ । जस्तै एम.सि.सि, बि.आर.आई, आई.पि.एस वा ई.पी.जी जस्ता उदाहरणहरु विवादको रुपमा नेपालको सन्धर्वमा देखापरेका छन । यी राष्ट्रहित हुन वा होईनन यसको निरुपण हामी गर्न सकेका छैनौ । स्वतन्त्र वा सार्वभौम साना देश वा ठुला देश दुबैमा समान हैसियत रहने गर्दछ । तर शक्ति युक्त देशले हैकम चलाएको पनि जगजायर छ । अर्को उदाहरुणको रुपमा रसिया–युक्रेन वा ईजरायल–प्यालेसटाईन बिचको युद्धलाई पनि लिन सकिन्छ ।
तर अन्तराष्ट्रिय सम्बन्धको सार भनेको आत्मियता, भाईचारा, बन्धुत्व र एकता हो । यो सिद्धान्तमा रहेर आफ्नो हित उपर अनुकुल नीति स्थापित गर्न सक्नु नै उक्त बिकल्प हो । जसरी हामि जलवायु परिवर्तन, आतंङ्कवाद, महामारी, मानवीय सहायता, शान्ति र मानवअधिकार र बातावरण संरक्षणका पक्षमा दृढ छौँ त्यसै नै गरी अन्तराष्ट्रिय सुमधुर सम्बन्ध स्थापना गर्नका लागी पनि एकजुट हुनु पर्दछ ।
प्रतिक्रिया