ताजा अपडेट »

गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

सोमबार, १० बैशाख २०८१, १५ : १३
874 Shares
सोमबार, १० बैशाख २०८१
874 Shares

 

बुटवल । आईतवार साँझ आफ्नै  घरमा  आगो  लगाएर  क्षति  पुराउने  एक  जना व्यक्तिलाई प्रहरीले   सोमबार   पक्राउ   गरेको  छ  ।आईतवार साँझ करिब साढे ६ बजेको समयमा  जिल्लाको  धुर्कोट  गाउँपालिका  ६  रजस्थला  ५९  वर्षीय रेखबहादुर  परियारले  मादक पदार्थ सेवन गरि आफ्नो  घरमा आगो लगाई पुर्ण रुपमा  क्षति पुराएको गुल्मी प्रहरीको ठहर छ।

घटनाको जानकारी पाउन जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोख्रेलको नेतृत्वमा पुगेको प्रहरीले निजलाई नियन्त्रणमा लिई सदरमुकाम तम्घास  ल्याएको छ। आफु बस्ने घरमा आगो लगाउँदा उक्त घर भित्र रहेको अन्नपात, लक्ताकपडा, समेत जली घर पुर्णरुपमा क्षति भएको  डिएसपी पोख्रेलले  पठाएको विवरणमा उल्लेख  छ ।

निजका बारेमा जिल्ला प्रशासन कार्यालय गुल्मीको सहायक प्रमुख  जिल्ला अधिकारी हरिप्रसाद गैरे बिच पनि छलफल भइरहेको जनाइएको छ । त्यस घटनाबाट  पीडित निजको श्रीमति सिता परियारलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राहत उपलब्ध समेत गराईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।